Rekha Thapa's Facebook status on her relatioship

सम्बन्ध चिसिएको खबरले अहिले फिल्म इन्डष्ट्री यसरी तातेको छ कि रेखा थापा र उनका पति छवि ओझाको यो विषयमा आ-आफ्नै प्यानल समेत खडा भएको छ । जव छवि कुनै समारोहमा भेटिन्छन् अनि चलिहाल्छ विचरा सुस्केरा । अनि रेखा पनि जव कुनै कार्यक्रममा भेटिन्छन् तव त्यहाँ पनि भैहाल्छ उनको बहानावाजीका विभिन्न तड्का गफ । फेसबुक त्यस्तो सामाजिक संजाल बनिदिएको छ जहाँ फेसबुक प्रेमी फिल्म मेकरले आफ्नो ब्यथा सजिलै गरी पोख्ने गरेका छन् । हुन त रेखाका साथी धेरै छन् तर हातैमा फेसबुक चलाउने ल्यापटप भएपछी उनले लिईन साहारा सोही संजालको अनि लेखिईदिन घुमाउरो ढङ्गमा 'अब छुट्टिउ हामी मिल्दैनो यहाँ ।'

रेखाले बिहिबार राति सवा नौ बजे आफ्नो फेसबुक भित्तामा लेखेको एउटा स्टाटसको अन्तिम लाईन हो त्यो 'अब छुट्टिउ हामी मिल्दैनौ यहाँ ।' छवि ओझासंगको १२ बर्षे यात्रालाई अब फुलस्टप लगाउने अन्तिम सोचमा पुगेर उनले त्यस्तो स्टाटस लेखेको सजिलै अनुमान लगाउन सकिन्छ । हुनत गित लेख्ने सौख भएकी उनले सो स्टाटसलाई गित स्वरुप पोष्ट पनि गरेको हुन सक्छ तर त्यो स्टाटसमा उनका शुभचिन्तक र स्वयम उनको आफ्नै दिदी लगायत हाल अमेरिकामा रहेकी अभिनेत्री सारंगा श्रेष्ठले गरेको कमेन्ट र रेखाले फर्काएको प्रतिउत्तर हेर्दा लाग्छ रेखा अब छविबाट अलग्गिसकेकी छिन् । उनले फेसबुकमा लेखेकी छिन् -

"तिमि भुलमा पर् यौ म पनि झुक्किए यो भेटघाटलाई एक संगम भनी नलागी कतै चोट अब छुटौ हामी मिल्दैन यहाँ दस्तुर पनि प्यारो हुन्छ त्यही जहाँ सारो हुन्छ भाग्यले मात्र दिलदार हुन्छ नलागी कतै चोट अब छुट्टौ हामी मिल्दैन यहाँ ।"

उनका यि स्टाटसलाई केलाएर हेर्ने हो भने एकले अर्कालाई रोजेको प्रति रेखाले आफू भुलमा परेको र सोही बिषयमा उनले छविझुक्किएको भनी ब्याख्या गर्न खोजे जस्तो देखिएको छ । १६ युवतीले आफूभन्दा झण्डै डबल जेठो पुरुष छवि ओझासंग बिताएको प्रसङ्गलाई केलाउदै रेखाले त्यही भएर अन्त्यमा लेखेकी होलिन् 'नलागी कतै चोट अब छुट्टौ हामी मिल्दैन यहाँ ।' स्टाटसमा प्रतिउत्तर दिदै रेखाले यो पनि भनेकी छिन् कि 'आई एम ओक देन विफोर ।' जसबाट के बुझ्न सकिन्छ भने छविसंग सम्बन्ध बिग्रे पनि उनी अहिले ठिक अवस्थामा छिन् । उनको लेखाईले त्यस्तै बोल्छ ।

छविलाई नसोधि मित्रपार्कमा फ्ल्याट किन्नु र जोरपाटीमा आफ्ना दुई दिदीका लागि रेखाले घर किन्न सहयोग गर्नु नै उनीहरुको सम्बन्ध विग्रिएको पछिल्लो कारण हुन सक्ने फिल्मी हल्ला छ । यस्तै रेखाको नामबाट दर्ता गरिएको ब्यानर रेखा फिल्मसबाट निरन्तर फिल्म बनाउदै आएका छविले आउदो प्रोजेक्ट सो ब्यानरबाट नगर्ने पनि खबर बाहिरिएको छ । आउदो जेठ महिना भित्रमा उनी नयाँ फिल्म लिएर फ्लोरमा जादैछन् जुन फिल्म यसअघि आफूसंग सहकार्य गर्दै आएका निर्माता दिजेन्द्र शाक्य जो गुण सिनेमा हलका संचालक हुन उनकै ब्यानरबाट छविले नयाँ फिल्म निर्माण गर्न लागेको बुझिएको छ । यध्यपी छविले छविराज फिल्मस दर्ता प्रक्रिया पनि अघि बढाएको हल्ला आएका छन् तर यो बिषयमा छविले तत्तकाल आफ्नो नामबाट दर्ता हुने सो ब्यानर स्थापना सम्बन्धमा कुनै सोच नरहेको भनी प्रतिक्रिया दिएका छन् ।

आखिर किन छवि रेखाको ब्यानरबाट फिल्म बनाउन चाहदैनन त ? यसमा केही कारण छन् । जस्तै : फाईनल रुपमै अलग्गिने अवस्थामा रहेका छविले भोली रेखा फिल्मसबाट फिल्म बनाउदा कुनै पनि समयमा सो फिल्ममा कानुनी अडचन आउने देखिन्छ । जसकारण बेलैमा होस पुर्याउने भन्दै उनले रेखा फिल्मसबाट फिल्म निर्माण कार्य तत्काल स्थगित गरेको अनुमान काटिएको छ । यता छविले होम प्रोडक्सनबाट निर्माण स्थगित गरे लगत्तै रेखाले फिल्म निर्देशनलाई आगाडी बढाउने बुझीएको छ । यस्तै ब्यानर मात्र हैन गौशाला गौरी घाटमा रहेको छवि निवास पनि रेखाकै नाममा रहेको बुझिएको छ ।

रेखा निकट श्रोत भन्छ, 'अलग्गिने वित्तिकै रेखाले नयाँ फिल्म निर्देशन घोषणा गर्दैछिन् र आउदो दुई बर्ष सम्म विबाह समेत नगर्ने उनले मुड बनाएकी छिन् ।' श्रोतले विगत सात महिना देखि छविसंग पहिलाको जस्तो बोलचाल नभएको जनाएको छ । अहिले रेखा जोरपाटीमा रहेका आफ्ना दुई दिदीको संयुक्त लगानीमा ७५ लाखमा किनेको घरमा बस्ने गरेकी छिन् । जुन घर लोक गायक नवराज घोरासैनीले उनीहरुलाई बेचेका हुन् जसलाई किन्नका लागि रेखाले आफ्ना दिदीलाई सहयोग गरेकी थिईन् ।