Binit Baral’s glamour role

पछिल्लो समय नेपाली सिनेमाका कलाकारहरू ग्ल्यामरस र यौन क्रियाकलापका दृश्य दिने मामिलामा खुला रूपले अगाडि आउन थालेका छन् । यो कुरामा युवापुस्तामा नवप्रवेशी युवतीको चर्चा भने बढी चल्न थालेको छ । नायक नायिका अङ्गालो मारेको र माया दर्शाउन चुम्बन खाएको दृश्य हेर्न लजाउने दर्शकहरू पनि यस्ता दृश्यहरू समावेश भएका चलचित्रहरू हेर्न निर्धक्क जान थालेका छन् ।

सिनेमाका पर्दामा त यस्ता दृश्यहरू आए, यता मिडियाहरूमा पनि यस्ता दृश्यहरू प्रस्तुत गर्ने कलाकारहरू बिनासङ्कोच र धक यौन र सेक्सका बारेमा कुरा गर्न थालेका छन् खुलेर । प्रश्न सोध्नेलाई गाह्रो होला तर जवाफ दिने कलाकारहरूमा भने रत्तिभर पनि अप्ठेरो महसुस भएको देखिँदैन । कुरा चलचित्र 'चपली हाइट' की विनिता बरालको हो । केवल एउटै सिनेमाबाट उनले नायिकाको पगरी पाइन् । वर्षौं देखि लागिपरेका थुप्रै नवप्रवेशी नायिकालाई पछाडि पार्दै विनिताले आफूलाई अगाडि उभ्याइन् । यो सफलताले गर्दा पनि उनलाई बढी नै आत्मविश्वास पलायोजस्तो छ । त्यसकारण पनि आफूले जे बोले तापनि चर्चा हुने कारणले यो हप्ता उनले मिडियासमक्ष बोलेको एउटा कुराले रामै्र चर्चा पायो बजारमा ।

विनिताले भनेकी छिन्, 'म सेक्स पार्टनर खोज्ने अधिकार सबैलाई दिनुपर्छ भन्छु ।' विनिताको यो कुराले साँच्चै यतिबेला नेपाली सिनेमाको बजारमा तरङ्ग पैदा गरिदिएको छ । उनी भन्छिन्, 'अहिले समाज परिवर्तित भइरहेको छ भने घरमा श्रीमती भए तापनि बाहिर यौनसाथी राख्नेहरूको जमात ठूलो छ । जसले जति ठूलो कुरा गरे तापनि वास्तविकता यही हो,' विनिताले निर्धक्क भनेकी छिन् । चलचित्र चपली हाइटमा आफूले दिएको यौन दृश्यबारे मुलुकमा टीकाटिप्पणी भए तापनि मुलुक बाहिरबाट प्रशंसाका बधाईहरू आएकोमा विनिता दङ्ग पनि छिन् । 'तिमीले आँट गरेकोमा बधाई छ भन्नुभएको छ । यस्ता सिनेमा हेर्न खोज्ने तर मनभित्रै इच्छाहरू दबाएर राख्नेहरूका लागि ढोका खोलिदिएकोमा प्रशंसा पाएकी छु,' विनिता भन्छिन् । बाहिर राखेको सेक्स पार्टनरका बारेमा भने विनिता यसले विकृति ल्याउन हुन्न भन्छिन् । 'परिवार र समाज बिगारेर पार्टनरको नाममा गलत सन्देश भने प्रवाह गर्नुहुँदैन । हरेक कुराको दायारा भने हुनुपर्छ,' उनले थपिन् ।