Actress Sushma Karki to open up for 3 lakh


नायिका सुष्मा कार्की ३ लाख ५ सय ५१ हजार रुपियाँमा नाङ्गिन तयार भएकी छिन् । आखीर, सुष्मालाई न्युड वनाउन कसले यति रकम तिर्यो होला त ? निर्देशक राजु गिरीले वनाउन लागेको चलचित्र 'विन्दास'मा नायिका कार्की यति रकममा 'न्युड' हुन लागेकी हुन् । जेठ १ गतेवाट छायांकनमा जान लागेको चलचित्र विन्दासमा 'कथाले मागेको सवै कुरा दिने' सर्तमा सुष्मालाई निर्माणपक्षले यति रकम दिन तयार भएको हो । निर्देशक राजु गिरीले भने - 'सुरुमा सुष्माले ४ लाख २० हजार रुपियाँ डिमान्ड गरेपनि अन्तिममा ३ लाख ५ सय ५१ रुपियाँमा सम्झौता भएको हो ।'

पछिल्लो दिनमा नायिकाले पाएको पारिश्रमिकभन्दा निकै धेरै रकम दिन निर्माणपक्ष किन तयार भयो त ? निर्देशक गिरी भन्छन् - 'चलचित्रमा सुष्मा भन्दा अरु कोही पनि नायिका फिट नहुने देखेपछि उनलाई नै रोजेका हौ', चलचित्रमा चाहिने जति सवै दिन्छु भनेपछि त्यति रकम सजिलै दियौं मागेजति दिने भनेपछि पाठकहरुले सजिलै अनुमान गर्नुभए होला त्यसमा के के चिज होला भनेर । वेड सिन, टङ किस, नायिका न्युड हुने देखि लिएर उनको वलात्कार हुने सम्मको सिन रहेको निर्माणपक्षको भनाई छ । यि सवै दृश्यहरुलाई नेचुरल पाराले देखाउने निर्देशक गिरीको भनाई रहेको छ । हाल बनिरहेका सिनेमा जस्तै यसको मुख्य बिषय पनि सेक्स नै हुने छ । चलचित्रमा शब्दहरु पनि निक्कै छाडा पाराको हुने छ । निक्कै विन्दास पाराको भुमिकामा अभिनय गर्न लागेकी सुष्माले यो सिनेमा भित्र दृश्य मात्र छाडा होईन शब्द पनि छाडा वोल्ने छिन् ।

नायिका कार्कीले भने कथा राम्रो भएकाले यो सिनेमा खेल्न लागेको वताईन् । अनि रकम पनि राम्रै लिनु भएछ नि भन्ने प्रश्नमा उनले भनिन् - 'अव मेरो नै पालो छ, मैले नलिए कसले लिन्छ त ?' उनले सिनेमा भित्रका दृश्यका वारेमा भने खासै केही भनिनन् ।

चलचित्रको भदौ ८ गतेको रिलीज मिति समेत तय भैसकेको छ । नेपाली सिनेमाको धार परिवर्तन हुन थालेपछि नायिकाहरु पनि यस्तै वाटो समाउन थालेका छन् । अव, दर्शकले उध्रेको चोली लगाएकी सुष्मा होईन, चोली विनाकै सुष्मा हेर्न पाउनेछन् ।

Related Kurakani :