The Last Kiss Actress sues producer

द लास्ट किस कि नायिकाले नै गरिन उजुरी-निर्माण पक्ष तनाबमा


शुक्रवार जेठ १२ वाट प्रदर्शनमा रहेको चलचित्र "द लास्ट किस" विरुद्ध यही सिनेमाको मुख्य नायिका शोभिता सिंखडाले चलचित्र विकास वोर्डका मा उजुरी हालेकी छिन् । कतार मा रहेकी सोभिताले चलचित्र विकास वोर्डका अध्यक्ष गणेश भण्डारीलाई फोन गरेर "द लास्ट किस"का निर्माताले आफुलाई सम्झौता बमोजिमको पारिश्रमिक रकम नदिएको भन्दै मौखिक रुपमा उजुरी गरेको थाहा भएको छ। शोभिताको उजुरी गरे पछि अध्यक्ष भण्डारीले निर्माता युवराज खत्रीलाई फोन मा नै आफैमा यो कुरा मिलाउन भने। तर नायिका शोभिताले भने, आफुले लिखित उजुरी पनि दिन सक्छु भन्दै सिनेमा चलिरहेको समयमा किन अप्ठ्यारोमा पर्नु भनेर मौखिक रुपमा मात्र जानकारी गराएकी हुँ । मलाई पारश्रमिक को भन्दापनि आफुले प्रमोशन नपाएकोमा चित्त दुखेको छ। निर्माणपक्षले नायिका शोभिताको भन्दा कलाकार वेवी रोजाको प्रमोशन धेरै गरेपछि नायिका सिंखडा चिढिएकी हुन् ।

यता, निर्माणपक्षले भने आफुहरुले शोभितालाई पुरा पारिश्रमिक दिएको दावी गरेको छ । "द लास्ट किस" को निर्माण पक्षलाई अर्को लफडा पनि परेको छ। चलचित्र प्रचारका लागि शहरका भित्ता भित्तामा टासिएको पोष्टर च्यातिएको छ, निर्माता युवराज खत्रीले वताए । उनले भने, हाम्रो सिनेमाको मात्र पोष्टर च्यातिएको छ । थोरै वजेटमा तयार भएको "द लास्ट किस" ले सुरुवातका दुई दिनमै निर्मातालाई राम्रै रकम आम्दानी गराई दिएको छ ।