Dhuwa didn’t get shooting license

चलचित्र "धुँवा" अबैधानिक घोसित

नायिका निशा अधिकारी र नायक आर्यन सिग्देल अभिनित छायांकन को अन्तिम चरणमा पुगेको लक्ष्मण रिजाल निर्देशित चलचित्र  "धुँवा" अबैधानिक घोसित भएको छ। चलचित्र विकास बोर्डमा दर्ता नभयको सो चलचित्र करिब एक महिना अघिदेखि छायांकनको क्रममा थियो। सो चलचित्रको छायांकन कार्य यथाशीग्र रोक्न बिकाश बोर्डले बिहिबार चलचित्र  निर्माण कम्पनी रिजाल एण्ड रिजाल प्रोडक्सनलाई लिखित पत्र काटेर चेतावनी दिएको छ। सोहि नाम को चलचित्र अर्कै ब्यानरबाट पहिले नै बोर्डमा दर्ता भईसकेको निर्माण शाखाका सहायक खरदार राजन अधिकारीले बताय। चलचित्र विकास बोर्डमा २०६६ साल मङ्सिर २६ गते चलानी नम्बर ७३४ मा मुभि ईन्फिनिटी क्रियशन प्रालिको ब्यानरमा धुँवा द बर्निङ लाईफ भनी दर्ता गरिएको छ जसको निर्देशक सौरभ ढकाल र निर्माता निराजन पाण्डे भनी लेखिएको छ। तर हाल छायांकन भईरहेको चलचित्र धुँवा भने गत बैशाख १७ गते बोर्डमा दर्ता गर्न आएको देखिन्छ। बोर्डले पहिले नै सोहि नाम को चलचित्र दर्ता भईसकेकोले एउटै नाम को चलचित्र दर्ता नहुने बताए पनि सोहि नाम दर्ता गर्न दबाब आएकोले  पेन्डिङमा राखेको हो।

रिजालले दर्ता प्रक्रिया हुनु भन्दा १२ दिन अघि (बैशाख ५) बाट नै छायांकन सुरु गरि बैशाख १७ गते मात्र बोर्डमा दर्ता प्रक्रिया अघि बढाएको देखिन्छ। उनले चलचित्रको नाम द लाष्ट मुभ मेन्ट अफ लाईफ धुँवा भनी चलचित्र दर्ता गर्ने कागज बोर्डमा बुझाएका छन् तर प्रमोसनमा दर्शक झुकिन सक्ने भन्दै बोर्डले विगत ६ महिना अघि देखि उस्तै नाम सुनिने चलचित्र दर्तालाई रोक लगाउदै आएकाले रिजालको फिल्म दर्तामा पेन्डिङ  भएको हो।

बिना अनुमति छायांकन भएकोमा बोर्ड का अध्यक्ष गणेश भण्डारी पनि अचम्मित हुँदै भने- अनुमति नै नलिई सुटिङ गर्ने यो कार्यलाई हामी अवैधानिक भन्दछौ तसर्थ सुटिङ रोक्ने निर्देशन पनि दिएकाले आवश्यक प्रक्रिया अघि बढाईएको छ।

पहिले नै धुँवा दर्ता गरेको कम्पनी ईन्फिनिटी मिडियाले असारको दोस्रो साता देखि छायांकनमा जाने तय गरेको छ। जसमा सुमन सिंह र प्रियंका कार्कीले मुख्य भूमिका निभाउने पक्का भईसकेको छ । निर्देशक ढकालले आफूहरु कानुन बमोजिम अघि बढ्ने भन्दै आफ्नो टाईटल माथि अर्कालाई फिल्म बनाउन नदिने बताए। उनले सहमति गर्न आए पनि धुँवा टाईटल नछाड्ने अठोट ब्यक्त गरे ।