विषयवस्तुसँग मेल खायो भने फिल्मका यस्ता दृश्यलाई लिएर नकारात्मक प्रचार गर्न समाजले छोडेको सेक्स थ्रिलर चलचित्र 'चपली हाइट'बाट चर्चामा आएकी नायिका बिनिता बरालको बुझाइ छ। प्रायः नायिकाहरुले आफूलाई ग्ल्यामरस देखाएर चर्चामा ल्याउन खोजे पनि सधैं सबै सफल भएनन् । 'सिलसिला'मा नायिका सोनिया केसीले समेत टंग किसको दृश्य दिएर तत्काल र्चचा पाए पनि समग्र सिनेमाको भूमिकामा भने उनी सफल भइनन्। फिल्मी क्षेत्रबाट पलायनजस्तै भएकी नायिका झरना बज्राचार्य 'लभ इन नेपाल'मा ब्रा र कट्टु मात्रै लगाएर नाचिन्। नायिका रेखा थापालाई उनले खेलेका अधिकांश फिल्ममा लगाएका छोटा कपडाकै काराण धेरैले सेक्सी र कामुक नायिका भनेर चिने। भन्छिन्, 'मैले न्यूरोडमा हिंड्ने केटीले जे लगाउँछे त्यही फलो गरेकी मात्रै हुँ। कलाकार भएपछि ग्ल्यामरस त देखिनै पर्यो नि।' 'लुट'मा उत्तेजक आइटम डान्स गरेपछि नै सुषमा कार्कीले निर्माणाधीन 'बिन्दास'मा मुख्य भूमिका पाइन्। ग्ल्यामरसमा समेत दर्शकको रुचि परिवर्तन भईरहेको सुषमाको बुझाइ छ। भन्छिन्, 'फलानो फिल्ममा यो नायिका कस्तो हट देखिएको भनेर सकारात्मक टिप्पणी हुन थालेका छन्।' 'विजय पराजय'मा नायिका रुपा राणाले सरोज खनालसँग दिएको सानो बेडसिनजस्तो दृश्यमा पनि ठूलै खैलाबैला मच्चिएको थियो, फिल्मी क्षेत्रमा । 'मनकामना'मा शिव श्रेष्ठ र करश्मिा मानन्धरले दिएको कामुक चुम्बनको दृश्यले पनि सिने क्षेत्रलाई तताएको थियो। कतिपयले चर्चाको लोभले समेत यस्तो दृश्य दिने गरेका छन्। चलचित्र 'हंगामा'मा नदीको किनारामा नायिका रेजिना उपे्रतीलाई पछाडिबाट र्निवस्त्र देखाइएको थियो । रेजिनाले आफू र्चचामा आउनकै लागि यस्तो दृश्य दिएको बताएकी थिइन् ।
चर्चामा राख्न यस्ता दृश्य दिने प्रवृत्ति पछिल्लो समयमा समेत छ। एक महिनाअघि मात्रै फिल्म एनी टाइम मस्ती (एटीएम)को छायांकनमा नायिका जिया केसी र सविना र्काकीबीच चुम्बन दृश्यले झगडा नै निम्त्यायो। कसले लामो र गहन टङ्किस दिने भन्नेमा यी दुई नायिकाबीच प्रतिस्पर्धा चल्दा सम्बन्धमा फाटो नै आयो। जियाले आफू चर्चामा आउन फिल्ममा 'जे पनि गर्न तयार भएको' प्रतिक्रिया दिएकी थिइन्, यो घटनापछि। बौद्धिक नायकको छवि बनाएका राजेश हमालले समेत किस सिन दिएका छन्, नन्दिता के सीसँग 'द युगदेखि युगसम्म'मा। तिनै हमालले 'कसम'मा विना बुढाथोकीसँग समुद्रमा उत्तेजक पोज दिँदासमेत त्यो दृश्यलाई लिएर र्चचा भएको थियो। पछिल्ला दिनमा यौनिक र्चचाकै कारण फिल्म 'लुट' र 'चपली हाइट'ले गज्जब व्यापार गरेपछि आधा र्दजन सिनेमा यौन र युवा पुस्ताकै विषयमा बन्ने तरखरमा छन्।
प्रविधिको सहज पहुाचका कारण खल्तीमै बोकेको मोबाइलबाट संसार नियाल्न सकिने अवस्था आइसकेको छ। इन्टरनेटले र्गदा युवापुस्ता आफूले चाहेको जुनसुकै कुरा पनि हेर्न सक्ने अवस्थामा छन्। यस्तो प्रविधिमा र्हुकिएको पुस्ताले सिनेमामा आएका ग्ल्यामरस दृश्यलाई सहज रुपमा लिन थाल्नु स्वभाविक हो। डि्रम्स एन्ड आइडियाजका संस्थापक अभिनव कसजू भन्छन् 'अमेरकिा र काठमाडौमा र्हुकिएको बच्चाले प्रयोग गर्ने प्रविधिमा खासै फरक हुन छाडिसक्यो, त्यसैले त यस्ता कुराप्रति उनीहरुलाई खासै मतलब छैन ' मनोरञ्जन पत्रपत्रिकामा छापिने मोडलका ब्लोअप, फेसन टीभी र्कायक्रम, कलात्मक फोटोग्राफीको थालनीजस्ता कारणले पनि यस्ता कुरा समाजमा पाच्य बन्दै गएका छन्।
नेपाली भाषाको पहिलो सिनेमा 'सत्य हरिशचन्द्र'मा महिला पात्रको भूमिकामा अभिनय गर्ने कलाकार नपाउँदा पुरुषले नै महिला बनेर अभिनय र्गनुपरेपछिको पाँच दशकमा नेपाली सिनेमाले यस्तो रफ्तारमा विकास गर्यो कि यौनजन्य दृश्यका लागि अन्कनाउने नायिका भेटिनै मुस्किल छ। एकातिर नवप्रवेशीहरु सिनेमामा कामुक दृश्यका लागि सहज हुँदैछन् भने र्अकातिर यस्तै सूत्रमा बनाइएका चलचित्र व्यापारमा समेत सफल देखिए। के साँच्चिकै नेपाली समाज यौनप्रति उदार बन्दै गएको हो? मानवशास्त्री सुरेश ढकालका अनुसार नेपाली सामाजिक संरचनाको एउटा तहमा उदारीकरणले व्यक्तिलाई बढी नै स्वतन्त्र र उन्मुक्त भने बनाएको छ। भन्छन्, 'हिन्दु र्दशन र र्धमले थिचिएको नेपाली समाजको प्रभावशाली हिस्सामा समेत अहिले यौन आकांक्षा सहजै व्यक्त र्गर्ने आँट र धृष्टता विकास भएको छ।'
समाजमा र्अाथिक, सामाजिक र सांस्कृतिक तीनवटै पक्ष एकसाथ परर्वितन भइरहेको हुन्छ। उदारीकरणले व्यक्तिको निजत्व कायम र वैयक्तिक्ता र्निमाण गररिहेको हुन्छ। यसैकारण व्यक्ति बढी उन्मुक्त र स्वतन्त्र पनि भइरहेको हुन्छ, जसको झल्को सिनेमामा समेत देखिएको हो। नेपालीहरु विदेश जाने क्रमसँगै पैसा मात्रै ल्याएनन्, सांस्कृतिक रेमिट्यान्स समेत भित्र्याएकोले समाज यौनमा उदार बनेको ढकालको विश्लेषण छ।
नेपाली सिनेमाको सुरुवाती चरणमा कामुक दृश्य नहुनु तात्कालिक सामाजिक संकुचनले मात्रै नभई राजनीतिक कारणले पनि हो । ०४६ सालभन्दा अघि बन्ने सिनेमाको उद्देश्य तत्कालिक राजनीतिक व्यवस्थालाई टेवा दिनु मात्र थियो। खरेल भन्छन् 'त्यतिबेला देशप्रमेका भाव जगाउने फिल्म मात्रै बन्थे।' बहुदलीय व्यवस्थासँगै समाजमा अभिव्यक्ति स्वतन्त्रताका कुरा प्राथमिकतामा पर्यो। तर सिनेमाको उदेश्य सन्देश दिनुमा मात्रै खुम्चिएन। सामाजिक मूल्य, मान्यतामा परर्वितन आउन थालेपछि सिनेमाले समेत व्यावसायिक रुप लिन थाल्यो। नायिकालाई ग्ल्यामरस देखाएर बजारमा बेच्ने क्रम यहीबेलादेखि शुरु भएको खरेलको भनाइ छ। श्रोत: फिल्म नेपाल डट कम