Unsuccessful marital life of celebrities

नेपाली सेलिब्रिटीहरुको असफल दाम्पत्य जिबन

यो साता नेपाल बन्ध का घटनाहरुले जसरी संचारमाध्यमहरुमा स्थान पायो त्यसरी नै नायिका रेखा थापा र निर्माता छबी ओझा बीच को सम्बन्ध बिच्छेद बिषय ले पनि धेरै चर्चा पायो । नायिका रेखा थापा र  छबी ओझा बीच को डिभोर्स को हल्ला चलेको धेरै भयो । यस बिचमा थुप्रैले ठुप्रैखाले अड्कल बाजीहरु पनि काटे । तर ति सबै अड्कल बाजीहरुलाई कपो कल्पित र भ्रामक भन्दै त्यसका पछी नलाग्न आफ्ना फ्यानहरुलाई आग्रह समेत गरेका थिय। तर नेपाली मा एउटा उखान छ नि "हावा नचली पात हल्लिदैन", हो रेखा र छबी बीच को हल्ला पनि  हावा चलेर नै पात हल्लिएको जस्तो भएको छ। किनकि बिगत १० महिना देखि रेखा र छबी बीच बोलचाल बन्द थियो रे । एउतै घरमा बसेपनि बेग्ला बेग्लै तल्लामा बस्थे रे। उक्त कुरा हालै एउटा दैनिकमा अन्तरबार्ता दिने क्रम मा छविले खुलाशा गरेका थिए। येद्धपी आफ्नो होम  प्रडक्सनमा बनेको चलचित्र "रावण" लै असर पर्ला भनेर यो जोडीले सो मन मुटाबलाई गुपचुपै राखे। किनकि "रावण" असफल हुँदा दुवै लाई घाटा लाग्ने निश्चित थियो । एस बिचमा आफ्नो चलचित्र प्रबर्दनकालागि संगै होलि पनि खेले अनि संगै उभिएर पत्रकार सम्मेलनको आयोजन पनि गरे। तर यो सब नाटक मात्र थियो। येतिखेर चलचित्र "रावण" चलेर उत्रिसकेको छ । त्यसैले होला यो जोडी आफ्नो सम्बन्ध बिधिबत बिच्छेद गर्न घि सरेको छ। दुवै जनाले एक अर्काका कमजोरीहरु आफुले भ्याय सम्म मिडियामा उछालिरहेका छन् । गत मंगलबार रेखा र छविले बिगत १० महिना देखिको मौनता तोडेका छन्। दुबैले आपशी समझदारीमा आफ्नो १२ बर्ष लामो दाम्पत्य जिबन पनि मौखिक रुपमा अन्त्य गरेका छन्। कानुनी रुपमा सम्बन्ध बिच्छेद हुन केहि समय लाग्ने छ । 

तेसो त हाम्रा डीभोर्सी कलाकर्मीहरुको भिड धेरै ठुलो छ। चिनिएका कलाकर्मीहरुको मात्रै कुरा गर्ने हो भने डिभोर्स म्याटरमा सदाबहार नाएकमा गनिने भूबन के.सी. को नाम अग्र पंक्तिमा आउँछ। भुबा सदाबहार नायक त भय तर उनको दाम्पत्य जिबन कहिले पनि सदाबहार हुन सकेन। जेठी श्रीमती बाट दुइ सन्तान को जन्म भएपछी दार्जिलिंग कि सुष्मिता संग फेरी अर्को बिबाह गरे। सुष्मिता बाट पनि एक सन्तान जन्मे पछी उनि संग पनि दुरी बढ्न थाल्यो। अनेकौ पटक डिभोर्सका नाटक पनि मन्चन भय, अन्तत डिभोर्स नै भयो।
एस्तै एक्सन किंग का छबी बनाएका पुराना अभिनेता शिब श्रेष्ठको पनि पहिलो बिबाह सफल भएन। छोरीहरु हुर्की सके पछी शिब कि पत्नी गंगाले उनलाई छाडेर यु.के.को उडान भरिन। गंगालाई फर्काउन गंगाले लामै कसरत पनि गरे। तर गंगा भने फर्कन मानिनन्। त्यसपछि शिव ले दोस्रो बिबाह गरि छोरा समेत जन्माई सकेका छन्।

कुनै समय नेपाली चलचित्रमा चल्तीकी नायिका संचिता लुइटेलको पनि पहिलो बिबाह धेरै दिन टिक्न सकेन। चलचित्र पत्रकार डी.पी. शाह चक्रवर्तीका भाई आकाश शाह संग परिवारका बाधा बिरोध बाबजुद कोर्ट म्यारिज त गरिन तर ४-५ बर्ष नबित्दै यी दुइ बीच पनि fato बढ्न थाल्यो। अन्तत दुबैले छोड पत्र मा सहि छाप गरे। यतिखेर संचिता नाएक निखिल उप्रेती पटिको छोरो हुर्काई रहेकी छन्। त्यस्तै नायिका सम्झना शर्मा र निर्देशक श्याम भट्टराई को बिबाह रुपी गाडी पनि लामो समय गुड्न सकेन। रन्जना यतिखेर अमेरिका मा छिन भने श्याम नेपाल मा छन्। अमेरिकामा रन्जना ले अर्कै केटा संग बिबाह गरि सकिन रे।

कुनै बेलाकी नायिका कृति भात्री पनि अचेल एक्लो जिबनमा नै रमाई रहेकी छिन। कृति ले संचार कर्मी रबि संग बडो रमाइलो संग बिबाह त गरिन तर त्यो रमाइलो जीवन भरि भने टिक्न सकेन।अर्की नायिका पुजा चन्द को दाम्पत्य जिबन पनि घाम छाया जस्तै भयो। पहिलो पति सुरज चन्दलाई छाडेर अमेरिका उडे पछी अमेरिका मा नै अर्को बिबाह गरिन गायक राजु लामा संग। पुरानी अभिनेत्री गौरी मल्लको घरजम पनि लामो समय सम्म टिक्न सकेन। अर्की नायिका सौजन्य सुब्बा को गृहस्ती पनि सफल हुन सकेन।

असफल दाम्पत्य जिबनको लिस्ट मा गायक गायिकाहरुले पनि आफ्नो नाम दर्ता गराउन बाँकि राखेनन् । चल्तीकी गायिका अन्जु पन्त र गाएक मनोज राज सेवा को बैबाहिक जिबन पनि परल को आगो झैँ भयो। ह्व्ररै बल्यो र झ्याप्पै निभ्यो। त्यस्तै गाएक यम बराल र आकृति राणाको बिबाह पनि केटाकेटीले खेल्ने बेहुला बेहुलीको खेल झैँ भयो। निस्ठुरीले छाडेर गई हाली भन्नु बाहेक यम संग शब्दै छैन येतिखेर।