No divorce, no second marriage - Rekha Thapa

डिभोर्स दिन्न, अर्को विहे पनि गर्दिन: रेखा थापा

निर्माता छवि ओझा र नायिका रेखा थापाविचको सम्वन्ध विच्छेदका हल्लाले अहिले नेपाली चलचित्र वजार तातिएको छ । रेखाले आफ्नो सम्पत्ति कब्जा गर्न खोजेको भन्दै पति छविले आरोप लगएको भोलीपल्ट रेखाले अनलाइनखबरसँग आफ्ना कुरा राख्ने चाहना राखिन् ।

छवि र आफुवीच सम्बन्ध बिग्रनुमा आफ्नो भन्दा छविको बढि दोष रहेको दावी गर्दै रेखाले केही पृष्ठभूमी बताउन चाहिन् । यसअघि पनि छविका दुई वटी श्रीमतीसँग सम्बन्ध बिग्रेको बताउँदै रेखाले भनिन- ‘उसको विगतलाई हेर्दापनि थाहा हुन्छ, नि गल्ति कसको छ र को कस्तो छ भनेर ।’अनि तपाईलाई उहाँको २ वटा श्रीमतीसँग पहिले नै घरवार विग्रीएको भन्ने थाहा थिएन र भन्ने अनलाईनखवरको प्रश्नमा रेखाले भनिन्, ‘ थाहा थियो । तर, मलाई त्यतिवेला छविको गल्ति छैन जस्तो लाग्यो ।’

आफ्ना बारेमा छविले जथाभावी बोल्दै हिडेको भन्दै रेखाले दुःख मनाउ गरिन् । ‘आज जसरी उ घरयासी कुरालाई वाहीर ल्याईरहेको छ, यसले मलाई अचम्मित वनाएको छ । मलाई छविले छोरी जसरी हुर्काएको हो, तर आज त्यही छोरीको वारेमा विभीन्न कुरा वाहीर वोल्दै हिड्नुले उ कति नैतीकवान छ भन्ने देखाउँछ ।’

रेखाले पतिसँग डिभोर्स गरेर एक्लै बस्न लागेको वा अर्कैसँग बिबाह गर्न लागेको अनुमान चलिरहेका उनले ती दुवै नहुने बताइन् । ‘म छविसँग डिभोर्सलाई डिभोर्स पनि दिन्न, अर्को विहे पनि गर्दिन ।’ रेखाले भनिन-’मलाई श्रीमान् फेर्दै हिड्ने वानी परेको छैन ।’

नेपालमा पुरुषले डिभोर्स गर्न पाउने कानुन छैन, यसैले छवि र रेखाको डिभोर्स हुनका लागी रेखाले नै प्रस्ताव गर्नुपर्दछ, तर रेखा डिभोर्स गर्ने पक्षमा छैनन् । रेखालाई सिनेमा क्षेत्रमा मैले ल्याएँ भन्दै हिडिरहेको प्रति रेखाले भनिन- मैले पनि छविलाई धेरै सहयोग गरेकी छु, कति त्यही कुरामात्र गरिरहेको ?’

दुई महिनादेखि आमाको घरमा बसेको तर छविकहाँ नगएको भन्ने आरोपप्रति उनले भननि-’म १ दिन वसेपनि, कहिले नवसे पनि त्यो मेरो घर हो । घरमा जाँदा कुरा गर्न नचाहने, मलाई केही नभन्ने अनि वाहिर वाहिर भनेर समस्याको समाधान हुन्छ ?

सम्पत्ति आँखा लगाएको भन्दै घर आफ्नो नाममा पास गरिदिन आग्रह गरेका छविलाई रेखाले भनिन-’म अहिलेसम्म वोलेको छैन, र यस्ता कुराले मलाई केही फरक पनि पार्दैन किनकी म डराउने केटी होईन । तर, यसरी मलाई वारम्वार चलाईन्छ भने, म पनि चुप लागेर वस्दिन, देशमा कानुन छ, म कानुनी वाटो पनि रोज्न सक्छु ।’

अन्त्यमा, रेखाले छविलाई सुझाव समेत दिएकी छिन्, विनाश काले विपरीत वुद्धि । छवि भरीयाहरुको पछि लाग्नु हुदैन, रेखाको तर्क छ । तर, रेखाले भरिया भनेर कसलाई ईङगित गर्न खोजेकी हुन्, त्यो भने उनले वताउन चाहिनन् ।

रेखा र छविको युद्ध उत्कर्षमापुगेको वेलामा निर्माता छवि ओझा भने रेखालाई आफुले छविराज प्रोडक्शनवाट वनेका सिनेमामा नायिकाको रुपमा लिन सक्ने वताउँछन् । उनले भने-’मलाई अभिभावकको व्यवाहार गरे, रेखाले छविराज प्रोडक्शनको फिल्ममा प्रवेश नपाउने भन्ने छैन । उनी, एक चलेकी नायिका हुन्, म चलेको निर्माता । हामी निर्माता र नायिकाको सम्वन्धले पनि काम गर्न सक्छौ । तर, रेखाले मलाई अभिभावकको सम्मान त दिनुपर्यो नि । भोली, सघै काम गर्दा, उसले मलाई निर्माता भनेर नमस्ते भन्न सक्ने वातावरण त हुनुपर्यो नि’ छविले भने ।