Actress Jiya disappointed with director

 नायिका जिया के.सी. संग निर्देशक असन्तुष्ट

अफुले कहिले चलचित्र बनाएको समेत बिर्शिएका निर्देशक दिपक श्रेष्ठले जिया केसी र राज तिमिल्सिनालाई लिएर चलचित्र "हो यही माया हो" निर्देशन गरेका थिए। सोही चलचित्र बाट नेपाली चलचित्र जगतमा आएकी नायिका जिया केसीलाई निर्देशक दिपक श्रेष्ठको क्याम्पकी नायिका भनेर चिनिन्छ । तर अहिले श्रेष्ठ जियासँग असन्तुष्ट बनेका छन् । कारण जियालाई "हो यही माया हो" मा सोझी युवतीको भूमिकामा खेलाएका श्रेष्ठले अहिले जियाले हट र जिब्रो टोक्न पर्ने खालका दृश्य दिन थालेपछि दिपकको असन्तुष्टि बढेको हो । दिपकले भने - कमसेकम आफ्नो अघिल्ला सिनेमाको रिलीज त कुर्नु पर्छ नि, जियाले हतार गरी।

दिपकले भने- सिनेमा बनाएको नै भुले, तर राम्रो सिनेमा बनाएको छु । सम्पन्न धनाढ्य परिवारका बिग्रिएको युवक र सोझी युवतीबीचको प्रेम सम्बन्धमा सिनेमा तयार भएको छ । काठमाडौंमा पालो पर्खेर बसेको यो सिनेमाले प्रचारको शुरुवात गरेको छ । सिनेमा भदौको अन्तिममा काठमांडूका हल्हरुमा चलायिने निर्माणपक्षले बताएको छ । चलचित्रमा नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको जोडीलाई पनि देख्न पाईनेछ। चलचित्रमा राजेश र करिश्मा श्रीमान् श्रीमतीको रुपमा देँखिदैछन् भने नायक राज, राजेशको भाइको रुपमा रहेका छन् । यस्तै दिपकले आफूले सिनेमामा ब्यान्डको सुरुवात गरेको समेत बताए ।

अहिले नेपाली सिनेममा ब्यान्डका गीतहरु राख्ने क्रम बढेपनि आफुले २ वर्ष अघि नै यसको थालीन गरेको दावी उनको छ । यो चलचित्रमा एड्रियन प्रधानलाई फिचरीङ गरीएको छ । दिपकले भने - सिनेमा ढिलो रिलीजमा औने भयो, यसैले अब मैले नै चोरेको जस्तो हुन्छ होला । चलचित्र हो यही माया हो बाट नै नेपाली रजतपटमा नायिका जिया केसी आएकी थिईन् । राजेश र करिश्माको साथमा राज र जियाको जोडीलाई दर्शकले रुचाउने छन-निर्माण पक्षको विश्वास रहेको छ ।