प्रदीप खड्काले भने पुजा शर्माले गरेको जस्तो नौटंकीले चलचित्र चल्दैन

New Nepali Movie - Prakash

पुजा शर्माले गरेको जस्तो प्रपोगान्डाले चलचित्र चल्दैन

आउँदो भदौ १० गतेबाट युवास्टार प्रदीप खड्काको अभिनयमा रहेको चलचित्र 'प्रकाश' रिलिज हुने तयारीमा छ। यसअघिको हिट चलचित्र प्रेमगीतमा जसरी देखिएका थिए प्रदीप त्यो भन्दा निकै फरक भूमिका देखिदैछन।

यसैबिच आज चलचित्र प्रदीपको ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता प्रदीप खड्काले चलचित्रसँग सम्बन्धित आफ्नो भनाई राखेका छन। चलचित्रमा काम गर्दाको अनुभव साटेका छन। फिल्म चलाउनकै लागी बिभिन्न प्रपोगान्डा गर्ने चलन नेपाली कलाकर्मिमा छन। उदाहरणका लागी गएका साता प्रदर्शनमा आएको सम्झना बिर्सनाका दुई मुख्य कलाकार पुजा शर्मा र आकाश श्रेष्ठलाईं लिन सकिन्छ।

हलमा फ्यानहरु बटुलेर नारा लगाइरहेको र आफ्नो नाममा नारा नलगाउँदाको आक्रोश पुजा शर्माले पोखेकी थिइन। यस्ता प्रपोगान्डाले मात्रै चलचित्र चल्दैन भन्ने पुजालाई पनि राम्रो सँग थाहा भइसकेको छ। अन्य चलचित्रकर्मिले पनि पक्कै बुझिसकेका छन।

यसैबिच बिभिन्न माया प्रेमका नाटक गरेर चलचित्र चल्छ भन्ने आर्टिष्ट खबरको प्रश्नमा प्रदीप खड्काले बोलेका छन। आर्टिष्ट खबरले यस्ता फण्डाले मात्रै चलचित्र चल्दो रहेनछ भन्ने उदाहरण देखियो भनेपछि अभिनेता प्रदीपले पनि सोहि कुरालाई उद्धित गर्दै पुजा शर्माको नाम नलिएपनि बोलेका छन।

यस्तै सोहि कार्यक्रममा अभिनेता प्रदीपलाई भेट्का लागी उनका फ्यानहरु पनि हलसम्म आएका थिए। हलमै प्रदीपको नाममा नाराबाजी गरिरहेको देखिन्थ्यो।

ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री दिया मास्के, रेनु योगी, निर्देशक दिनेश राउत, निर्माता महेन्द्र अधिकारी लगायतले केके भने त्यो पुजा भिडियो तपाई एक प्लस युटयुव च्यानलमा हेर्न सक्नुहुनेछ। आज प्रदीपलाई गरिएका केहि प्रश्न र प्रदीपले दिएको उत्तर भिडियो रिपोर्टमा हेर्नुहोला।

भिडियोको लागी 👇🏿

https://www.facebook.com/watch/?v=610506497049884

Related Kurakani :