Prime Minister's Think Tank Meets at Baluwatar



नेपाल सरकारले स्थायित्व र समृद्धिको नारालाई सफल पार्न विभिन्न क्षेत्रका विज्ञहरू समेटिएको ‘थिङ्क ट्याङ्क’ अर्थात् स्वतन्त्र विज्ञ समूह निर्माण गर्ने गृहकार्य अघि बढाएको छ।

नेपालको भूराजनीतिलाई समेत ध्यानमा राख्दै निर्माण हुने भनिएको उक्त समूह प्रधानमन्त्री कार्यालय मातहत हुने र त्यसले प्रधानमन्त्रीलाई नीतिगत विषयमा सुझाव दिने बताइएको छ।

विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरेका प्रधानमन्त्री ओलीले आफ्ना एक निकट नेता तथा विगतका परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई उक्त संयन्त्र गठनको गृहकार्य अघि बढाउन परिचालन गरेका छन्।

सम्बद्ध अधिकारीहरूका अनुसार संसदबाट नै कानून पारित गराएर दीर्घकालीन रूपमा प्रधानमन्त्री कार्यालयमा त्यस्तो स्वतन्त्र विज्ञ समूह गठन गर्ने ओलीको तयारी छ।