Home ·

Karishma's new role as villain

blogger templates
हिरोइन होइन, भिलियन करिश्मा !
सन्तान सम्म उनको पात्रात्मक भूमिका केही हदसम्म नकारात्मक थियो । प्रतिक्रिया पनि राम्रै बटुलेकी थिइन् । दशकौं बितेपछि उनै करिश्मा मानन्धर अपकमिङ सिनेमा ‘धन्दा’मा पहिलोपटक पूर्ण भिलियन (नेगेटिभ प्रोटोगोनिस्ट)को रुपमा अभिनय गर्दैछिन् । 'पहिलोपटक भिलियन बन्ने जोखिम र साहस लिएकी छु' करिश्मा भन्छिन्, 'जब पात्रमा जोड दिने ट्रेन्डको सुरुआत भयो, तब मैले आफूलाई यस्तो चरित्रमा ढालेँ ।' उनको चरित्र खुलाइएको त छैन, तर करिश्मा सिनेमाकी प्रोटोगोनिस्ट खलपात्र हुनेछिन् । प्रोटोगोनिस्टमा अर्पण थापा र समुना केसी छन् । 'मायाज् बार'लाई उनी भिलियन चरित्र भन्न रुचाउँदिनन् । तपाईंको यो निर्णयले छविमा असर त हुँदैन? भन्छिन् – 'विचार गरेरै नेगेटिभ पात्रको भूमिका गर्न लागेकी हुँ ।' पात्रमा जोड दिने दर्शकीय र निर्माणको प्रवृत्तिले नेगेटिभ रोल गर्न आफूलाई सजिलो भएको उनले बताइन् । 'पहिले पनि नेगेटिभ रोलका अफर आइरहेका थिए तर यसको स्क्रिप्ट मनपर्‍यो' रजतपटमा २५ वसन्त विताएकी अभिनेत्रीले भनिन्, 'एकपटक यस्तो गरेँ भनेर सँधै यस्तै गर्नेचाहिँ होइन ।' करिश्माको यो युटर्नलाई स्टारडमको ह्रास र पात्र तथा कन्टेन्टको विकाससँग विश्लेषण गर्न सकिन्छ । यस कुरालाई स्वयम करिश्माले अनुभूत गरेकी छिन् । 'सँधै भरि नायक र नायिका बनेर मात्र हुँदैन, कलाकार त्यो हो जसले आफूलाई हरेक चरित्रमा ढाल्न सक्छ' करिश्माको यो अभिव्यक्तिले अहिलेका आगन्तुक अभिनेता र अभिनेत्रीलाई बाटो देखाउन सक्छ । अब हिरोइन होइन भिलियन करिश्मा ।