Another hopeful Nepali Movie 'Sayad'

अर्को एउटा आश लाग्दो चलचित्र "सायद"
नेपाल र अमेरिका बाट एक साथ बैशाख २९ गते शुक्रबार देखि चलचित्र सायद प्रदर्शन को सुरुवात गरिसकेको छ। काठमाडौँका चलचित्र हलहरुबाट प्रदर्शन थालनी गरेको चलचित्र "सायद" पछिलो समयमा स्वदेश तथा विदेशमा निकै चर्चा पाउन सफल चलचित्र हो। नेपाल बन्ध को बेवास्ता गर्दै कैयन दर्शक हरु हिडेरै भएपनि चलचित्र "सायद" लागेका हलहरुसम्म पुगेका थिए।चलचित्र "लुट" पछी नेपाली चलचित्रले ठुलो अपेक्षा राखेको चलचित्र हो "सायद"। सुरज सुब्बा न्याल्बोले निर्देशन गरेको सो चलचित्रलाई सुनिल रावलले निर्माण गरेका हुन्। नया बिषय र प्रस्तुतिका साथ बजारमा आएको चलचित्र "सायद" मा सुनिल रावल र पुराना निर्देशक नारायण पुरीका छोरा सम्म्यम पुरीको मुख्य भूमिका रहेको छ भने विल्सन बिक्रम राई र अनिता दाहालले पनि उतिक्कै ससक्त भूमिका निभाएका छन्।