Karishma Manandhar in Rajesh Hamal's Dance Bar

महानायक राजेश हमालले सञ्चालन गरेको डान्स बारमा अभिनेत्री करिष्मा मानन्धर मंगलबार डान्स गर्दै गर्दा भेटिएकि छिन। वारी शिकारी पारी शिकारी भन्दै.... थुप्रै युवतीहरूको माझमा आफ्नो बारुली कम्मर लचकाउदै मर्काउँदै मज्जाले डान्स गर्दै थिईन् । उनको डान्स हेर्दा लाग्थ्यो उनी हरेक दिन बारमा डान्स गर्छिन् र दर्शकलाई मनोरञ्जन दिन्छिन् । करिष्मा आफू मात्र हैन नायिका निशा अधिकारीलाई पनि डान्स गर्न सिकाउँछिन् । यि दुबै बारमा डान्स गर्छन् । डान्स गर्नुको मुख्य कारण अरू केहि नभएर कसै प्रतिको इगो नै हो । निकै मिल्ने साथी करिष्मा र निशा प्राय बारमा नाच्न आउँछन् । नायक राजेश हमालले सञ्चालन गरेको सो बार भने मात्र चलचित्र 'मायाज बार' का लागि हो ।


दिनेश डिसीले निर्देशन गरिरहेको चलचित्र "मायाज बार" मा करिष्मा र निशा बार गर्ल बनेका छन् । मंगलबार करिष्माको इन्ट्रोडक्सन बार डान्सको सुटिङ पुतलीसडक स्थित स्टार मलमा गरियो । सेट लगाएर बनाईएको आकर्षक बारमा करिष्मालाई निशाले पनि साथ दिएकी थिईन् । मायामा लगाईने बारलाई मुख्य थिम बनाएर निर्माण शुरू गरिएको सो चलचित्र पूर्ण मनोरञ्जनात्मक रहने निर्देशक डिसीको भनाई छ । यि नायिकाहरूलाई गम्भिर बिष्टले म्युजिकको तालमा नचाउने जिम्मा लिएका छन् ।


सुनिल मानन्धरले निर्माण गरेको चलचित्र 'मायाज बार' मा राजेश हमाल खलपात्रको रूपमा प्रस्तुत हुँदैछन् । यसैगरी यसै चलचित्रबाट गजित बिष्टले नायकको रूपमा डेब्यू पनि गर्दैछन् । उनी बक्सिङ खेलाडीको भुमिकामा पर्दामा देखिनेछन् । सुरेश अधिकारीको संगीत रहेको सो चलचित्रमा तीन वटा बार गीत प्रस्तुत गरिनेछ भने एउटा नायक नायिकाको लभ सङ राखिनेछ । करिब ३५ % सुटिङ सकिएको सो चलचित्रको कथा पटकथा तथा संवाद निर्देशक डिसीले नै लेखेका हुन् ।

Related Kurakani :