नेपाली बदमास #badmas



चर्चित लोक गायीका सरीता कार्कीको आवाजमा नयाँ आईटम गीत 'बदमास' #badmas सार्बजानीक भएको छ ।

एकनारायण भण्डारीको शब्द संगीत रहेको गीत बदमासको संगीत संयोजन केशव बडुले गरेका छन भने गीत मारुनी रेकर्डीङ स्टुडीयो मा रेकर्ड गरिएको हो ।

गीतको भिडीयो शंकर विसीले निर्देशन गरेकाछन भने दुर्गा पौडेल ले उक्त गीत खिचेका हुन । नविन घर्तिमगर ले भिडीयो सम्पादन गरेको बदमास गीतको भिडीयो मा चर्चित मोडल महेन्द्र गौतम संग नायीका आशीष्मा नकर्मीले कम्मर मर्काएकी छन ।

गायीका सरीता कार्कीको निजी युट्युब च्यानल बाट गीत सार्वजानीक गरिएको छ । गायीका कार्कीका यस अगाडी खोलीमा जलुका, मायालु हजार, जुनकिरी, यहाँ भन्दा नि कती रुनु छ र, रुन्छ यो मन लगायत दर्जनौं लोक गीत हरु हिट भैसकेका छन ।

#badmas