Participation of Nepali Films in International Film Festivals

केहि बर्ष पहिले एकाध नेपाली फिल्म बिदेशी फिल्म फेस्टिभलमा जान्थे तर अहिलेको पछिल्लो समयमा नेपाली चलचित्रहरूले बिदेशी फेस्टिभलमा भाग लिने क्रममा तिब्रता देखिएको छ । छोटा फिल्महरू त बेलाबेला बिदेशी फेस्टिभलमा पुग्ने गरेका थिए तर अहिलेको समयमा ठूला फिचर फिल्मले पनि राम्रै स्थान पाईरहेको हामीले देखेका छौं ।

छोटा फिल्महरू त बेलाबेला बिदेशी फेस्टिभलमा पुग्ने गरेका थिए तर अहिलेको समयमा ठूला फिचर फिल्मले पनि राम्रै स्थान पाईरहेको हामीले देखेका छौं । दुई बर्ष अगाडी उत्तर कोरियाको राजधानी प्योङयाङमा भएको अर्न्तराष्ट्रिय फिल्म फेस्टिभलमा सन्देशले सहभागिता जनाएको थियो । गत बर्षको अक्टुबरमा दक्षिण कोरियाको ग्वान्जुमा चलेको अर्न्तराष्ट्रिय फिल्म फेस्टिभलमा मैनाले पनि आफ्नो सहभागीता जनायो । यथार्थ घटनामा आधारित मैनालाई धेरैले रूचाएको निर्देशक पाठकले जानकारी समेत गराएका थिए ।


यस्तै १३ औं मुम्बई इन्टरनेश्नल फिल्म फेस्टिभलमा भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र 'आचार्य' ले सहभागिता जनायो भने गोवा फिल्म फेस्टिभलमानेपाली चलचित्र 'पल' छनौटमा पर्‍यो । अमेरिकामा आयोजना भएको एक्सन फिल्म फेस्टिभलमा गोर्खा रक्षकले त अवार्ड पनि हात पार्‍यो । त्यस्तै केहि दिन अगाडी मात्र ६२ औं बर्लिन फिल्म फेस्टिभलमा हाईवेले सहभागीता जनायो ।


नेपाली चलचित्र अर्न्तराष्ट्रिय फिल्म फेस्टिभलमा पुग्ने क्रममा सुरज सुब्बा निर्देशित चलचित्र 'बाटो मुनिको फूल' यहि मार्च महिनाको १६ तारिखका दिन जापानमा हुने ओशाका एशियन फिल्म फेस्टिभलमा सहभागिता जनाउँदै छ । नेपालमा अझै पनि चलिरहेको जातिय भेदभाब तथा छुवाछुतको कथामा आधारित सो चलचित्रका निर्देशक सुब्बा र नायक तथा प्रस्तुतकर्ता यश कुमार उक्त फेस्टिभलमा सहभागी हुन मार्च १५ मा जापान पुग्दै पनि छन् । बाटोमुनिको फूल चलचित्र जापानमा प्रदर्शनको लागि एसिया फ्रेण्डशिप एसोसियसनले प्रतिलिपी अधिकार लिएको छ । उक्त चलचित्रलाई जापानिज भाषामा अनुवाद समेत गरिएको छ ।


यसरी नेपाली चलचित्रले अर्न्तराष्ट्रिय स्तरमा व्यवसायिक फड्को मात्र हैन बिभिन्न फेस्टिभलमा सहभागीता जनाउने फड्को पनि मारिरहेको छ । तर बिश्वका ठूला ठूला फेस्टिभलमा भने नेपाली चलचित्रको पहुँच अझै पुग्न सकेको छैन सिवाय 'हाईवे' । आशा गरौं भोलीका दिनमा नेपाली चलचित्रले अर्न्तराष्ट्रिय स्तरका ठूला ठूला फेस्टिभलमा पनि सहभागीता जनाएर नेपाल र नेपाली चलचित्रको शिर ठाडो बनाउनेछ ।