Actress Nisha Adhikari's Misbehave with Journalist

चलचित्र "लुट" ले ५१ दिन मनाएको अवसरमा काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिशेष कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा चलचित्रकर्मी, कलाकार तथा पत्रकारहरुको वाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा, नायिका निशा अधिकारी, मिस नेपाल २०१० मा फस्टरनर अप वनेकी साहाना वज्रचार्य पनि पुगेका थिए । यी वाहेक थुप्रै नायिकाहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । यसैबीचमा फोटो खिच्ने क्रममारतिनिधी अनुप भट्टराईले निशाको २ सट के फोटो खिचेका थिए, बसीरहेकी निशा जुरुक्क उठेर आईन् र आक्रोशित मुद्रामा पत्रकार भट्टराई लाई "मेरो फोटो खिच्ने अधिकार छैन" भन्दै अनुप को क्यामेरा खोसिन् ।




क्यामेरा खोस्न थालेपछि त्यहा एकछिन भनाभन पनि भयो । त्यति बेलै निशाको छेउमै वसेकी साहाना पनि जुरुक्क उठेर आईन् र क्यामेरा खोस्न थालिन् । यसपछि, घटनाले उग्र रुप लियो । घटनाको विरोध पत्रकारले गर्न थालेपछि निशा अधिकारी एकाएक गायव भइन् । यता, साहानाले भने क्यामेराहरुको वीचमा घेरिएपछि पत्रकारले पनि कहाँ फोटो खिच्ने भन्ने वुझ्नु पर्ने वताईन् । तर, पत्रकारहरुको क्यामेराको वीचमा तर्कविहीन वनेकी साहारा एकाएक अर्मी अफिसर्स क्लबको एक कोठामा भुमिगत भईन

पत्रकारहरुको चर्को विरोध भएपछि कार्यक्रम आयोजना गरिएको स्टेजमा आएकी निशाले पत्रकार भट्टराईसँग माफी मागिन् । उनले, मैले जानेर यसो गरेको होईन, अन्जानमा भएको भन्दै माफी माग्न चाहन्छु भनिन् । यति भनेपछि, पत्रकार अनुप भट्टराईलाई पत्रकारहरुले वोल्न आग्रह गर्दै गर्दा निशाले एकजना पुरुष पत्रकारले एक नायिकालाई छुन पाउँछ या पाउँदैन, उहाँले मलाई छुनु भयो भन्दै तर्कहीन र निक्कै तल्लो स्तरको जवाफ फर्काईन् । निशाले यसो भनेपछि, उनको सोच र विचार कतिसम्म निम्न स्तरको रहेछ भनेर कार्यक्रम स्थानमा विश्लेषण भएको थियो । यसरी, आफुलाई सिनेमा क्षेत्रको फरक खालको र पढेको नायिका भन्दै ओभरस्मार्ट वन्दा नायिका निशा अधिकारी नराम्रोसँग आलोचना कि पत्र बनेकी छिन।