Hari Bansha Acharya Now in Negative Role

नेपाली थेगोहरु को प्रयोग र शारीरिक हाउभाउले दर्शकलाई हसाउन माहिर हाँस्य अभिनेता हरिवंश आचार्य अब नकारात्मक खुंखार राजनीतिक नेताका रुपमा चलचित्रमा देखिने भएका छन्। प्रायशः टेलीसिरियल र चलचित्रमा हाँस्य भूमिकामा बढी देखिने आचार्यलाई निर्देशक निगम श्रेष्ठले चलचित्र "छड्के" मार्फत खलनायक चरित्रमा दर्शक सामु ल्याउन लागेका हुन्।

त्यसो त हरिवंशले "लक्ष्मी" "सुरबेसुर" "वनपाले" र "ट्रक ड्राइभर" टेली चलचित्र र " के घर के डेरा" लगायतका चलचित्रमा खलपात्रको भूमिकामा अभिनय गरेर दर्शकको मन जितिसकेका छन्। नयाँ नयाँ प्रविधि अनि युवा पुस्तासँग काम गर्ने अवसर पनि मिलेकाले चलचित्रमा अभिनय गर्न लागेको हुँ’ हरिवंशले भने - यस चलचित्रमा मेरो भिलेन नेताको भूमिका छ।’ चलचित्रको कथा राम्रो लागेर पनि आफूले अभिनय गर्न लागेको उनले खुलाए। हरिवंशका अनुसार चैतको मध्य साताबाट चलचित्रको सुटिङ शुरु हुनेछ। सफल श्रेष्ठको निर्माणमा बन्न लागेको चलचित्रमा सौगात मल्ल दयाहाङ राई र नम्रता श्रेष्ठले प्रमुख भूमिकामा अभिनय रहने भएको छ ।