Fusion of Kisses


करिब तीन महिना देखि ब्रेक भएको चलचित्र 'किन किन' को सुटिङ पुन: शुरू गरिएको छ । नायक राजेश हमालले समय नदिएका कारण अवरूद्व उक्त चलचित्रको हाल नगरकोट र आसपासमा क्षेत्रमा धमाधम सुटिङ भईरहेको निर्देशक उकेश दाहालले जानकारी गराए । तीन महिनाको ब्रेक पश्चात राजेश र करिष्मा मानन्धरको सिनबाट सुटिङ शुरू गरिएको निर्देशक दाहाल बताउँछन् । उनी भन्छन्,"राजेश दाईले गर्दा लामो समय कुर्न पर्‍यो तर अब ७/८ दिन भित्रमा सुटिङ प्याकअप गर्छौं ।" पहिलो चलचित्र "पलपलमा" मा दर्शकले सोचे अनुरूपको सिन नपाएको आरोप सहेका निर्देशक दाहालले यस चलचित्रमा भने दर्शककै चाहना अनुरूपको भरपूर रोमान्टिक सिन  राखेको बताए । कस्तो होला त भरपूर रोमान्टिक सिन ? निर्देशक दाहाल भन्छन्, "किस देखि लिएर बेड सिन सम्मका दृश्यहरूलाई रोमान्टिक बनाएका छौं ।"

किसै किसको चलचित्र बनाएका उकेशले राजेश र करिष्माको किसलाई पनि पर्दामा उतारेको बताए । किसको भेराईटी प्रस्तुत गरिएको सो चलचित्रमा राजेश र करिष्माको जोडीले गरेको कामबाट दर्शक सन्तुष्ट हुने निर्देशकको दाबी छ । यता १९७० तिरको गेटअप र डान्सको मुभमेन्टलाई 'किन किन' मा प्रस्तुत गर्न लागेका करियोग्राफर गोबिन्द राईले पनि राजेश र करिष्मालाई एक्स्ट्रा जोडीको रूपमा प्रस्तुत गर्न लागेको बताए । उनले भने,"मैले आफ्नो ठाउँमा सक्दो मेहनत गरेर दर्शकलाई खुसी बनाउने प्रयास गरेको छु त्यसमा राजेश र करिष्माको राम्रो सपोर्ट पनि पाएको छु ।"

चलचित्रमा सुवास थापा, राज तिमल्सिना, शशि खड्काले मुख्य भुमिका निर्वाह गरेका छन् भने शिब ढकालले फिल्म खिचिरहेका छन् । चलचित्रमा महेश खड्काको संगीत रहेको छ ।