"Badhai Chha Timilai" Premier In Doha, Qatar

नेपाली चलचित्र "बधाई छ तिमीलाई"दोहामा प्रिमिएर ।
पछिलो समय दोहा, कतारमा लगातार नेपाली चलचित्रको प्रदर्शन भईरहेको छ । यसै क्रममा आगामी मार्च ९ तारिख का दिन कतारको दोहा स्थित दोहा सिनेमा हलमा चलचित्र "बधाई छ तिमीलाई" को प्रिमिएर सो हुने भएको छ। कतारमा रहेका नेपालीहरुले नेपाली चलचित्रहरुको माग गर्ने गरेका हुनाले लगातार नेपाली चलचित्रहरुको सो गर्न थालेको विष्णु कार्की लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । सो सिनेमा प्रदर्शनको बेला नव-नायक बिष्णु कार्की पनि उपस्थित हुने जानकारी पनि आयोजक ले गराए।

उक्त दिन जम्मा एक सो  मात्र प्रदर्शन गरिने र  चलचित्र हेर्न आउने दर्शकहरुको सुविधालाई मध्ये नजर गर्दै दोहाको अलअत्तिया र ल्याण्डमार्क र सनैया ४७ बाट दिउँसो १ बजे बसको व्यवस्था गरिएको छ । दिनको २.३० बाट सुरु हुने सो चलचित्रको टिकट दर भिआईपी ५० रियाल तथा २५ र २० तय गरिएको छ । दर्शकहरुले सहज रुपमा टिकट प्राप्त गर्न सकुन् भन्ने उदेश्यले धेरै स्थानहरुमा टिकेट को व्यवस्था गरिएको आयोजकले बताए।

टिकेट पाइने स्थानहरु:
सनैयाको लालीगुराँस रेष्टुरेन्ट
सब्जी मार्केटको काठमाण्डौँ किचेन
सम्सारा थकाली भान्छाघर नेशनल
नेपाली भान्छाघर जेद्धापार्क नेशनल
हिमालयन रेष्टुरेन्ट नेशनल
सगरमाथा मम सेन्टर नेशनल
इस्लामिक बैँक नज